भारतमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिए, ३२ सय बढीको मृत्यु
काठमाडौं, एजेन्सी - पछिल्लो समय भारतमा दिन प्रतिदिन कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ ।
भारतमा पछिल्लो २४ घण्टा थप तीन लाख ६२ हजार ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिन प्रतिदिन कोरोना सङ्क्रमणको दर उकालो लागिरहेको भारतमा यो संख्या हालसम्मकै उच्च हो ।
गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो । हालसम्म एक करोड ७९ लाख ८८ हजार ६३७ जनामा संक्रमण भइसकेको छ । त्यस्तै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको छ । हालसम्म सक्रिय सङ्क्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको छ ।
भारतमा कोरोना संक्रमणका कारण महाराष्ट्रमा ८९५, दिल्लीमा ३८१, उत्तरप्रदेशमा २६४, छत्तीसगढमा २४६, कर्नाटकमा १८०, गुजरातमा १७० र झारखण्डमा १३१ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस