मौसम : काठमाडौँसहित देशैभर वर्षा र हिमपातको सम्भावना
काठमाडौं - आज (शुक्रबार) देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना छ। केही दिनअघि नेपाल भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि दिनभर नै देशैभरको मौसम बदली हुने छ। मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आज वर्षा हुनेछ।
बिहीबार काठमाडौँमा शून्य दशमलव २ मिलिलिटर वर्षा भएको थियो। हिजो डढेलधुरामा ३ दशमलव ६ मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ।
अहिले पूर्वी भेग बाहेक देशका सबै क्षेत्रमा बदली छ। घाम लागेको छैन। घाम नलाग्दा चिसो बढेको छ। शनिबारबाट भने मौसममा सुधार हुँदै जाने उनले बताइन्। महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ
पुस १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
पुस १९ गते (शनिबार)
दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
राति देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
पुस २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
राति : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
फेसबुक पेज Like गर्नुहोस