काठमाडौं - अब खाडी र युरोपेली मुलुकबाट नेपाली स्वदेश आउन नपाउने भएका छन् ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ६ खाडी मुलुक, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपबाट आउँदो शुक्रबार राती अर्थात् मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने निर्णय गरेको हो ।
साथै, यी देश ट्रान्जिट बनाएर आउने सबै देशका यात्रुलाई पनि नेपाल आउन रोक लगाइएको छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण नेपालीको श्रम गन्तव्य खाडीका देश र मलेसियासम्म फैलिएको छ ।

.gif)


