एफवान सफ्ट आइसिटी अवार्डमा इन्नोभेसन प्रतिस्पर्धा जारी
काठमाडौं - एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनको प्रतिस्प्रधा जारी रहेको छ । ४० बढी स्टार्टअपबाट विभिन्न ४ चरणको छनौट पश्चात उत्कृष्ट ५ स्टार्टअप अहिले सर्वोत्कृष्ट क्याटेगोरी विजेताको लागि प्रतिस्पर्धामा रहेका छन । त्यसैगरी ३५ बढी उत्पादनबाट छानिएर उत्कृष्ट ५ प्रडक्ट र ६० बढीबाट छानिएका उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन विजेताको लागि पब्लिक भोेटिङमा सहभागी भएका छन् ।
यी तीन विधाको विजेताका लागि मंसिर २२ सम्म ई–सेवा र एसएमएसमार्फत पब्लिक भोटिङ सञ्चालनमा रहेको छ । यसैगरी उतकृष्ट १० मा पर्न सफल ३ विधाका प्रतिस्पर्धीको लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधामा पनि भोटिङ सञ्चालनमा छ । अन्य ८ वटा अवार्ड विधाको लागि विभिन्न चरणका छनौट प्रक्रिया सञ्चालनमा छन् । अवार्डको ग्राण्ड फिनाले पुस २ मा हुनेछ । प्रतिस्पर्धामा रहेका उत्कृष्ट ५ र पब्लिक च्वाइसमा विजेता बनाउनको लागि ई–सेवा र एसएमएस मार्फत भोट गर्न सकिने पनि उल्लेख छ ।
छैटौं संस्करणको रूपमा आयोजना हुन लागिरहेको आइसिटी अवार्डमा एफवान सफ्टले शीर्ष प्रायोजन गरेको छ । नेपाल टेलिकम, जिनसको इन एसोसिएसन, एनटिए, एनसेल, राष्ट्रिय वाणिज्य बैंक, प्रेसिडेन्सियल बिजनेश स्कुल, डिसहोम फाइबरनेट, इमिनेन्स वेइज, रिसेक्युरिटी, डाइनामिक इआरपी, एप्लाइजब, फ्युज मेसिन्स, टेक्सास कलेज लगायतको सहकार्य तथा सहयोग रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस