काठमाडौं - मकवानपुर जिल्लामा रहेका एक हजार पाँच सय कुखुरापालक नोक्सान व्यहोर्न बाध्य छन् । 

लकडाउनका कारण दैनिक एक करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ ।

जिल्लाभित्र कुखुरा व्यवसायमा पाँच अर्ब रुपैयाँ लगानी रहेकोमा करिब एक अर्ब नोक्सानी भइसकेको संघका अध्यक्ष राजु अधिकारीको भनाई छ ।

अन्नपूर्ण पोस्ट् दैनिकबाट