काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले राजावादीको हिंसात्मक गतिबिधिको देशव्यापी रुपमा भण्डाफोर गर्ने बताएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रकाश ज्वालाले यस्तो बताएका हुन् ।

शुक्रबार राजावादीले हत्या, हिंसा, नीजि तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफेड र लुटपाटका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकपाल गरेको भन्दै उक्त क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै एकीकृत समाजवादीले देशव्यापी भण्डाफोर गर्ने जनाएको छ ।

पार्टी कार्यालय तथा अन्य स्थानमा भएको हिंसात्मक क्रियाकलापविरुद्ध चैत्र २५ गतेभित्र सबै प्रदेश,जिल्ला,स्थानीय कमिटी र जनसंगठनले सम्बन्धीत तहमा विरोध प्रदर्शन गर्न लागिएको बताइएको छ ।