काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई पुन: गृहमन्त्रीमा नियुक्त गरेकी छिन् ।

राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुन: नियुक्त गरेकी हुन् ।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएकाे छ । बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय छ ।