प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको छैनः सरकारका प्रवक्ता
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 32
काठमाडौं - सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिनुभएको स्पष्ट पारेको छ।
गत आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुई देशबीच बसेर समस्या समाधान गर्नुपर्ने बताएका थिए।
सोही सन्दर्भमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफमा मंगलवार सिंहदरबारमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत–नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे आफू आश्चर्य भएको बारेमा कुरा राखेको भन्दै प्रधानमन्त्री शाहको बचाउ गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस