काठमाडौं - कोरोना भाइरसको संक्रमण दक्षिण एसियामा पनि फैलदो क्रममा रहेको छ । विशेष गरी पछिल्लो समयमा भारत र पाकिस्तानमा भाइरस तीब्र रुपमा फैलिरहेको छ । भारतमा कोरोना भाइरसका कारण मर्नेको संख्या संख्या २७ पुगेको छ । १ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण तीव्र रुपमा बढेपछि भारत २१ दिने लकडाउनमा छ । पाकिस्तानमा पनि संक्रमितको संख्या बढिरहेको छ । अहिलेसम्म एक हजार ५ सय ९७ जनामा संक्रमण देखिएको छ । मृत्यु हुनेको संख्यया १४ पुगेको छ ।

पाकिस्तानको पन्जावमा मात्रै चार सय ६९ जनामा संक्रमण फेला परेको छ । फेब्रुअरी २६ मा पाकिस्तानमा संक्रमणको पहिलो घटना सार्वजनिक भएको थियो । बंगलादेशमा ४८ जनामा संक्रमण देखिएको छ भने पाँच जनाको मृत्यु भएको छ ।

श्रीलंकामा १ सय १७ जनामा संक्रमण देखिएको छ भने संक्रमणबाट एक जनाको मृत्यु भएको छ । माल्दिभ्समा १७, भुटानमा ४ र अफगानिस्तानमा १ सय २० जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ । नेपालमा पाँच जनामा संक्रमण भेटिएको छ । तिमध्ये एक उपचारपछि घर फर्किसकेका छन् ।