काठमाडौं - पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ११ बजेपछि सुरु भएको छलफलमा आज नेपाल पनि सहभागि भएको एक स्थायी सदस्यले बताए । ओली र प्रचण्ड एक्लाएक्लै धेरैपटक छलफलमा बसे पनि सहमति नजुटेपछि नेपाललाई वार्तामा बस्न लागेको बताए ।

आजको बैठकमा नेपालसमेत सहभागि भएको कारण केहि निर्णय हुनसक्ने आश रहेको ती सदस्यले बताए ।

ओलीसँगको वार्ताबाट मात्रै सहमति नजुटेपछि प्रचण्डले नेता नेपाललाई पनि वार्तामा राख्न बुधबारको बैठकमा प्रस्ताव राखेका थिए। त्यसमा ओलीले सहमति जनाएपछि शीर्ष तीन नेताबीच संयुक्त वार्ता सुरु भएको हो ।

पार्टीमा बढेको विवादको विषयमा ओली र प्रचण्डबीच लगातार छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन। १० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।

प्रचण्डसँगको सबैजसो वार्तामा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याउने गरेका छन्। उनीहरुबीच बुधबार पनि अढाई घण्टा छलफल भएको थियो। हिजोको छलफलमा पनि ओलीले पुरानै कुरा दोहोर्याएका थिए।

बुधबारको छलफलमा ओलीले पार्टीको महाधिवेशन सकेसम्म चाँडै गर्न पनि आग्रह गरेका छन्।