काठमाडौं - आज बलात्कारआरोपी सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।

नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले बताए ।

एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।