काठमाडौं - नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोनाभाइरसकाे संक्रमण भएको छ ।

लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले कोरोना परिक्षणको लागि शनिबार नीजि ल्याबमा स्वाब दिएका थिए । आइतबार रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

संक्रमण देखिएसँगै श्रेष्ठ 'होम आईसोलेसन'मा बसेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजग रहेर पीसीआर परिक्षण गर्न आग्रह गरेका छन् ।

यसअघि कांग्रेसका महामन्त्री शशांक कोइराला, सांसद तथा उद्योगी विनोद चौधरीलाई पनि संक्रमण भएको थियो । अहिले उनीहरु निको भैसकेका छन् ।