काठमाडौं - काठमाण्डौको नागढुङ्गामा आज ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कञ्चनपुरको  पुनरवास नगरपालिका–२ का २८ वर्षीय सुगम तामाङ रहेका छन् । दुर्घटनाबाट गम्भिर घाइते भएका तामाङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो । 

काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना ४ ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ०११ प २८५८ नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे ठोक्किएका थिए । 

दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।