काठमाडौं - कार्तिक १५ देखि १७ गतेसम्म बस्ने तय भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे केन्द्रीय कमिटीको वैठक सरेको छ ।

कोरोनाभाइरसको महामारीको कारण कार्तिक १५ देखि १७ गतेसम्म बस्ने तय भएको बैठक मंसिर १५ गतेदेखि १७ गतेसम्म बस्ने गरी सारिएको केन्द्रिय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।