काठमाडौं - उपत्यकामा पनि कोरोना संक्रमित देखिएपछि प्रहरीले लकडाउनमा थप कडाइ गरेको छ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि भएसँगै प्रहरीले थप कडाइ गरेको हो।

लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अब बल समेत प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ । मंगलबार दिउँसो दुई बजेसम्म काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने  १८ सयलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।