काठमाडौं - सेन्चुरी कमर्सियल बैंकका संचालक मन बहादुर राईले अनाधिकृत रुपमा बैंक खाता संचालन गरी गैर कानुनी कार्य गरेको उजुरी बैंक संचालक समितिका अध्यक्षलाई सम्बोधन गरि बैंकमा दर्ता गराएका छन् ।

बैंक संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ र संचालक रण बहादुर श्रेष्ठ  विरुद्धमा पनि केही सेयर सदस्यहरुले बैंकको रकम व्यक्तिगत रुपमा प्रयोग गरेको जस्ता थुप्रै गम्भीर आरोप सहितको उजुरी परेको थियो उक्त उजुरी परेको दुई दिनपछि अन्य संचालकहरुको विरुद्धमा पनि उजुरी परेको बैंकका एक उच्च कर्मचारीले बताए ।

मन बहादुर राई, सगरमाथा फाइनान्सको सिईओमा कार्यरत रहँदा आफ्ना नरनाता तथा इष्टमित्रको नागरिकता संकलन गरी सेयरमा निबेदन दिन अर्थात (IPO) आईपीओ भर्न सगरमाथा फाइनान्समा खाता खोली उक्त खाताहरुमा आफैले दस्तखत गरि संचालन गर्नु जुन अति नै गैरकानुनी हो । उक्त फाइनान्सपछि सेन्चुरी बैंकमा मर्ज भयो तर खाता हालसम्म पनि जिवितै भएको उजुरीमा उल्लेख गरिएको स्रोतको भनाइ छ । सेयरधनीलाई बैंक बनाउने वाचा गरी भोट मागेर  संचालक भएका राई अहिले गैर कानुनी कार्यमा लागेको आरोप उनलाई लागेको छ उक्त विषयमा बैंकका अर्का संचालक अडिट कमिटिमा रहेका रण बहादुर श्रेष्ठले उठाएर तत्काल छानबिन गर्न अडिट कमिटिमा निर्णय समेत गरेका छन् ।

यस विषयमा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठसंग कुरा गर्दा उनले भने केही संचालकहरुलाई सम्बोधन गरि हाम्रो विरुद्ध उजुरी परेको थियो । त्यसको केही दिनमा हाम्रो विरुद्ध लाग्ने संचालकहरुको विरुद्धमा पनि उजुरी पर्यो र संचालक मन बहादुर राईले आफ्नो विरुद्ध परेको उजुरीका विषयमा छानबिन नगर्न अनुरोध गरी बोर्ड मिटिङ बस्नु भन्दा अघि नै संचालक राईले कम्पनी सचिवबाट अध्यक्ष श्रेष्ठको विरुद्ध संचालकहरुले लगाएको आरोप पत्र फिर्ता लगेको कारण छलफल नभएको बताए । 

बैंकमा परेको उजुरीको विषयमा कुरा गर्न खोज्दा संचालक राई कुरा गर्न मानेनन् पछि कुरा गर्छु भन्दै फोन राखी दिए त्यसपछि सम्पर्कमा नै आएनन्  ।

यस विषयमा खबर एक्सप्रेस टेलिभिजन कार्यक्रमले विशेष रिपोर्ट तयार पार्नेछ ।