काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वर्गीय सुपुत्र प्रकाश दाहाललाई श्रद्धाञ्जली अर्पण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटार पुगेका छन् ।

प्रकाशको २०७४ साल मङ्सिर ३ गते हृदयघातबाट निधन भएको थियो ।स्वर्गीय दाहाललाई स्मरण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटारस्थित प्रचण्ड निवास पुगेर दाहालको फोटोमा माल्यार्पण गरेका हुन् ।खुमलटार पुगेका नेता कार्यकर्ताहरुले स्वर्गीय दाहाललाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

श्रद्धाञ्जली सभाका लागि औपचारिक कार्यक्रम भने नराखिएको प्रचण्डको सचिवालयले जनाएको छ ।