काठमाडौं - गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो ।

बैठकमा प्रदर्शनको समीक्षा गर्दै आगामी सुरक्षा रणनीतिबारे निर्णय गरिनेछ । गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने बताइएको छ ।

यसैबीच, राजावादीका साना समूहमा विभाजित प्रदर्शनकारीहरू विभिन्न स्थानमा आगजनी गर्दै हिँडिरेहका छन् ।