अध्यादेशको सशक्त प्रतिवाद गर्ने एमालेको चेतावनी
खबर एक्सप्रेस
२०७८-०५-०१ ०१:५५ मा प्रकाशित
Total Shares: 254
काठमाडौं - नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले एमाले विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याइएको भन्दै विरोधसमेत गरेको छ ।
दल विभाजन सम्बन्धी अध्यादेशको शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताए । सरकारको सो कार्य निन्दनीय र अस्वीकार्य भएको उनको भनाई छ ।
उनले सरकार खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको बताए ।
दल विभाजन सम्बन्धी अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र संकटतिर धकेल्ने एमालेको ठहर छ ।
फेसबुक पेज Like गर्नुहोस