काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकण्डमा तत्कालिन गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिनुपर्ने माग गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रपति माथि नै अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।