घट्याे सुनचाँदीकाे मूल्य
खबर एक्सप्रेस
२०७९-०३-०२ ११:१४ मा प्रकाशित
Total Shares: 347
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीकाे मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस