काठमाडौ - सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारणले चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाको १४ दशमलव २५ प्रतिशत बराबर १ अर्ब ५६ करोड २१ लाख २७ हजार रुपैया बराबार बोनस शेयर शुन्य दशमलब ७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

सभा बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको थियो । वि.सं. २०५९ सालमा स्थापना भए देखिनै बैंकका ग्राहकवर्गको चाहाना बमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहदै आएको पनि बैकले जनाएको छ ।

ग्राहकका लागि नवीनतम प्रविधिमैत्री सेवा विस्तार गर्दै १९ वर्षको सफल यात्रा पुरा गरेको बैंकले सबै सेवा ग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रयत्नरत रहेको बताएको छ । बढि भन्दा बढी नेपाली माझ बैंकिग पहुँच पु¥याउने उद्देश्यका साथ बैंकले हालसम्म १ सय ८९ शाखा, २ सय ८ ए टि एम्, १ सय १४ शाखा रहित बैंकिग, १ हजार ८ सय ९० पि ओ एस् मार्फत देश भरीनै आफ्नो सञ्जाल विस्तार गरेको पनि जनाएको छ ।