काठमाडौं  - कतारको प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आप्रवासी कामदारको समस्या समाघानको लागि हटलाइन सेवा शुरु गरेको छ । जस अनुसार कामदारले आफ्नो समस्या ९२७९७ मा ५ लेखि आफ्नो कतारी आइडी नम्बर अथवा भिसा नम्बर ईण्ट्री गरेर म्यासेज पठाउन सक्नेछन् ।

यो नयाँ सेवा कामदारसंग सम्पर्क गरि विभिन्न भाषामा उनीहरुको समस्या समाधानका लागि सुचारु गरिएको मन्त्रालयका सहायक सल्लाहकार मुहम्मद हस्सन अल ओबैदलीले मंगलबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यस्तै कोरोना भाइरसका कारण कतार बाहिर रहेका कामदारको सकिएको भिसा भाइरसको महामारी सकिए पश्चात आफै नवीकरण हुने र कामदारले बिना जरिवाना कतार आउन पाउने पत्रकार सम्मेलनमा बताइएको छ ।

क्वारेन्टाइनमा रहेका कामदार तथा अन्य कर्मचारीले पुरा तलब सहित अन्य सुविधा पाउने पनि मन्त्रालयले पत्रकार सम्मेलनमा बताएको छ ।