राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज
खबर एक्सप्रेस
२०८१-१२-२६ ०७:३३ मा प्रकाशित
Total Shares: 86
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ ।
पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बस्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने उनले बताए । बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस