काठमाडौं - थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएका छन् । 

उपाधिका लागि नेपालले र बंगलादेश भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ । प्रधानमन्त्री ओलीले आजका बिजेता र उप विजेतालाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।

लिग चरणको अन्तिम खेलमा शनिबार साँझ बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो। राउन्ड रोविन लिगमा नेपालले एक गोल पनि नगरी लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । प्रधानमन्त्री ओलीको रंगशालामा उपस्थितिले खेलाडीहरुको हौसला बढने अपेक्षा गरिएको छ।

बंगलादेशले पनि एक गोल पनि नगरी फाइनलमा स्थान बनाएको थियो । किर्गिस्तानको ओलम्पिक टोलीविरुद्धको १–० को जितमा आत्मघाती उपहार पाएको थियो । लिगको तीन खेलमा त्यही आत्मघाती एक गोल नै एक्लो गोल हो ।