काठमाडौं - युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन्। मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताए।

उनले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनको लागि रगत बगाउनु पर्ने अवस्था नभएको बताए। मन्त्री गहतराजले अब युवाहरुको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनु भएको बताए।

मन्त्री गहतराजले मुलुकलाई समृद्ध बनाउने अविभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताए। उनले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्वगर्दै युवाहरुले समृद्धको चरण पार गर्नुपर्ने बताए।