काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीबार टुँडिखेल वरिपरि मानवसाङ्लो बनाएर प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत् यस पक्षले महँगी, भ्रष्टाचारलगायतको विरोधमा मानवसाङ्लो बनाएर टुँडिखेल घेरेको हो । संसद् विघटनयता प्रचण्ड–नेपाल पक्ष सडक संघर्षमा छ ।

प्रदर्शनमा 'प्रतिगमन रोक्छौँ रोक्छौँ, प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर' लगायतका नारा लगाइएको थियो ।