काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ७ रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।