काठमाडौं - एनसेल आजियाटा लिमिटेडले चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजना ल्याएको छ । चाडपर्वको अवसरमा एनसेलले पे एज यु गो (पेजी) डेटा शुल्कलाई घटाई प्रतिएमबी १ रुपैयाँ बनाएको छ । यसका साथै ग्राहकले अब ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनसस्वरूप ब्यालेन्स वा डेटा पाउन सक्नेछन् । यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्ने बताइएको छ । ग्राहकले ५० प्रतिशत छुटमा करबाहेक १ रुपैयाँ प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्ने बताइएको छ ।

दसैं, तिहार र छठको पावन अवसरमा ल्याइएको पेजीअन्तर्गत १ रुपैयाँ प्रतिएमबी अफर लागू भएको छ भने रिचार्जमा बोनस योजना पनि सुरु भैसकेको छ । यो योजना ९० दिनका लागि मान्य रहने एनसेलले उल्लेख गरेको छ । रिचार्जमा बोनस योजनाअन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन् । ५० देखि ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबीदेखि २ सय ५० एमबीसम्म एक दिनको समयसीमा रहेको डेटा भोलुम प्राप्त गर्दछन् ।

त्यस्तै, गरी १ सयदेखि १ सय ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसीमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १ सय ५० एमबीदेखि ५ सय एमबीसम्मको डेटा भोलुम प्राप्त गर्दछन् । २ सय रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले पाँच दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५ सय एमबीदेखि १५ सय एमबीसम्म डेटा भोलुम पाउनेछन् ।

डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्प भए तापनि पेएजयुगो अर्थात् पेजी शुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको छ । चाडपर्वको अफरअन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महŒव राख्ने र उनीहरूलाई आफ्ना परिवारजन, साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

एनसेलले चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरूले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक साता २१ वटा स्मार्टफोन जित्ने मौकासहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।