रुपन्देही–३ उपनिर्वाचन : आज उम्मेदवार घोषणा गर्दै रास्वपा
काठमाडौं - प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर–३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आज आफ्नो उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।
दिउँसो साढे १ बजे काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकपछि औपचारिक रुपमा उम्मेदवार घोषणा गरिने भएको हो । सोही अवसरमा पार्टी प्रवेश कार्यक्रमसमेत आयोजना गरिएको छ।
सचिवालय बैठकमा उम्मेदवार छनोट मूल्यांकनका साथै प्रवास विशेष अभियान सञ्चालन र विभिन्न अन्य एजेन्डामा समेत छलफल हुने तयारी छ।
रुपन्देही–३ उपनिर्वाचनका लागि रास्वपाभित्र हाल नौ जना आकांक्षी प्रतिस्पर्धामा छन् । तीमध्येबाट एक जनालाई उम्मेदवारका रूपमा अघि सारिने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस