जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव परिवारलाई हस्तान्तरण
खबर एक्सप्रेस
२०७९-०२-१९ ०२:४० मा प्रकाशित
Total Shares: 469
काठमाडौं - मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि बिहिबार दिउँसो शव अन्त्येष्टि गर्न परिवारलाई हस्तान्तरण गरिएको हो।
आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस