काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनिय सुधार आएको छ । प्रधानमन्त्री ओलीले हिड्डुल र सामान्य व्यायाम गर्न थालेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बुधबार बिहान टिट्वरमार्फत् जानकारी दिँदै उनले लेखेका छन् 'सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले दाह्री काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।'

प्रधानमन्त्री ओलीको एकसाताअघि दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकले प्रधानमन्त्री ओलीलाई तत्काल डिस्चार्ज गर्न नहुने बताउँदै आएका छन् ।