काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

केहीसमय अघिदेखि बैठक जारी रहेको स्रोतले बताएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् ।

आज बिहान मात्र प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तामा ओली-प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको र केही दिनमै निष्कर्षमा पुग्ने सहमति भएको थियो ।