पाम आयलको निर्यात खुला
खबर एक्सप्रेस
२०७८-०३-१७ ०८:०४ मा प्रकाशित
Total Shares: 320
काठमाडौं - भारतले नेपालबाट पाम आयल आयातमा लगाएको रोक ६ महिनाको लागि खुला गरेको छ ।
नेपालबाट भारत निर्यात हुने प्रशोधित पाम आयल बिहीबारदेखि खुला गरेपछि निर्यात गर्ने बाटो खुलेको हो ।
भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले एक सूचना प्रकाशित गर्दै पाम तेलको आयात खुला गरेको जनाएको हो ।
भारतले गत वर्ष असारदेखि पाम आयलको आयात रोकेको थियो । नेपालबाट भारतमा बार्षिक २५ अर्बभन्दा बढीको पाम आयल निर्यात हुने गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस