काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।

शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरुले पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही छन् । 

राजीनामा पत्र प्रदेश सभा सचिवालयमा बुझाइसकेको एक सदस्यले जानकारी दिए ।