काठमाडौं ओर्लियो नेपालीहरू बोकेको अमेरिकी जहाज
काठमाडौं अवैधरुपमा अमेरिकामा बसेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं ओर्लिएको छ।
अमेरिकामा अवैधरूपमा बसेका १० नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आइपुगेको हो ।
जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण भएको छ। जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।
अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलो पटक चार्टर जहाज काठमाडौं आएको हो। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्।
अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस