मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव रोक्न परेको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।
सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको सो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको थियो ।
मुख्यमन्त्री शंकर पोखरेलले आफू संविधानको धारा १६८(१) को बहुमतको मुख्यमन्त्री भएको दाबी गर्दै आएका छन् । उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी समावेदन गरेपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । त्यसैलाई रोक्न रिट दायर गरिएको थियो । यसै रिटलाई पोखरेलको सत्ता बहिर्गमन रोक्नका लागि ‘अन्तिम अस्त्र’ मानिएको छ । यद्यपी रिटबाट अन्तरिम आदेश नआए मुख्यमन्त्री पोखरेल अल्पमतमा परी हट्ने सम्भावना छ ।
फेसबुक पेज Like गर्नुहोस