थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४९८ पुग्यो
खबर एक्सप्रेस
२०७७-०६-१४ ०४:३९ मा प्रकाशित
Total Shares: 242
काठमाडौं – नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ।
५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सुनसरीमा ६०, मोरङमा ६०, सप्तरीमा ३९ वर्षीय पुरुष, काठमाडौंमा ३४ र ३६ वर्षीया महिला, ५४ वर्षीय पुरुष रुपन्देहीमा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस