मेगा बैंकले ल्यायो ‘एक-से-एक बचत खाता’, ८.०३ प्रतिशत ब्याज पाइने
काठमाडौं - मेगा बैंक नेपालले ‘एक-से-एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ ।
बैंकले ‘एक-से-एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याएको हो ।
यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको बैंकले जनाएकाे छ । यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ-कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ ।
साथै, बैंकले रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरेकाे छ ।
मेगा बैंकले २ सय ८ वटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने बैंकले जनाएको छ ।
.jpeg)

.gif)


फेसबुक पेज Like गर्नुहोस