लकडाउन जेठ २० सम्म लम्ब्याउन सिफारिस, मन्त्रिपरिषद्ले निर्णय गर्ने
खबर एक्सप्रेस
२०७७-०२-०४ ०६:०० मा प्रकाशित
Total Shares: 292
काठमाडौं - कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले जारी लकडाउनलाई अझै लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ।
कोरोना भाइरस संक्रमण बढ्दै गएकाले लकडाउन पनि जेठ २० गतेसम्म लम्ब्याउन पर्ने प्रस्ताव समितिले मन्त्रिपरिषद समक्ष गरेको छ।
यसबारेमा अन्तिम निर्णय भने आजै बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ। चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन आइतबार ५५ दिन पुगेको छ । विभिन्न चार चरणमा लकडाउन थप गरिसकिएको छ ।
फेसबुक पेज Like गर्नुहोस