पर्सा - वीरगन्जमा १६ वर्षीय दुई किशोर मिलेर १५ वर्षीया किशोरीलाई एसिड छ्यापेका छन्।
पर्सा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज (शुक्रबार) बिहान सवा ६ बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर ३, छप्कैयास्थित मामाको घरमा बस्ने मुस्कान खातनुलाई वीरगन्जकै वडा नम्बर २, छप्कैयाका सम्साद आलम र माजिद आलम मिलेर एसिड छ्यापेका हुन्।


एसिड छ्यापेर फरार भएका उनीहरूमध्य मुख्य अभियुक्त साम्सद आलमलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ।अर्का अभियुक्तको पनि खोजी भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

.gif)



