कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाललाई धराैटिमा छाड्न अदालतको आदेश
काठमाडौं - कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले भने – ‘२५ लाख ५० हजार धरौटी दिए पुर्पक्षका लागि थुनामुक्त गर्नु भन्ने आदेश भएको छ। अग्रवालले धरौटी बुझाउँछु भन्नुभएको छ बुझाए छोड्ने तयारी छ।’
जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका उनी गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस