काठमाडौं - फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति  विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन् ।जर्मनीले इजरायललाई २-० अन्तरले हरायो । जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे ।

२६ ‌औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए ।  पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए ।खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन् । 

अर्को खेलमा  स्पेनले अल्बानियालाई २-१ अन्तरले हरायो । स्पेनको जितमा फेरान टोरेस र डानी आल्मोले एक एक गोल गरे । अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए ।

७५औँ  मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ८५ औँ  मिनेटमा उजुनीले गोल गर्दै  खेल १-१ को स्थितिमा पुर्याए  ।  खेलको ९० औं मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए ।