काठमाडौं - कोरोना भाइरस संक्रमितको लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल भोलिदेखि सञ्चालनमा आउने भएको छ ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइराखेको अस्पतालमा ५० शैयाको क्षमतामा शुक्रबारबाटै ओपोडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिए ।

कोरोना नियन्त्रण कार्यदलको बिहीबार बसेको वैठकले काम तीब्र गतीमा वढेकाले शुक्रबारबाट सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिए ।