काठमाडौं - प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अर्थमन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भौतिक पूर्वाधार विकास मन्त्री  अम्बिरबाबु गुरुङ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले पद तथा गोपनियताको सपथ लिएका हुन् । 

यस्तै, कृषि  तथा सहकारी राज्यमन्त्री  कला घले र वन राज्यमन्त्री राजकुमार ओझाले पनि सपथ लिएका छन् । 

मन्त्रीहरूलाई प्रदेश प्रमुख अशोक प्यासी अधिकारीले पद तथा गोपनियताको सपथ खुवाए भने मुख्य मन्त्री राईले राज्य मन्त्रीलाई सपथ खुवाएका छन्।