काठमाडौं - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । 

मंगलबार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि प्रधानन्यायाधीश राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका  हुन् । एक साताभित्र संशोधनको प्रस्ताव ल्याइ पूर्ण इजलासबाट निर्णय गराइ न्याय परिषद्बाट पास गर्ने समझदारी बनेको  र सोही अनुसार अदालतको संवैधानिक इजलास अघि बढाइने बारका अध्यक्ष शाक्यले जानकारी दिए । 

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलासका न्यायाधीशबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश जबरा र बारका पदाधिकारीहरुबीच मंगलबार छलफल भएको थियो ।  

रिटमाथि सुनुवाइका लागि शुक्रबार प्रधानन्यायाधीश जबराले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई समेटेर पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । जसमा श्रेष्ठ र केसीमाथि विपक्षी गठबन्धनका कानून वकिलले प्रश्न उठाएका छन् ।