न्यायाधीश शर्माबिरुद्ध उजुरी आब्हान, १० दिनभित्र दिइसक्नुपर्ने
खबर एक्सप्रेस
२०८०-०५-१७ ०८:२४ मा प्रकाशित
Total Shares: 110
काठमाडौं - संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीश सिफारिस भएका विनोद शर्माविरुद्ध उजुरी आह्वान गरेको छ ।
सुनवाई समितिले आज एक सार्बजनिक सुचना जारी गर्दै शर्माविरुद्ध कुनै उजुरी भए १० दिनभित्र कार्यालयको ठेगानामा पत्राचार गर्न वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्ने गरी ब्यवस्था मिलाएको जनाएकाे छ ।
सार्बजनिक सुचना अनुसार त्यसरी सूचना दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनु पर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत आइतबार जारी सूचनामार्फत जानकारी गराइएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस