काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधव कुमार नेपालले भारत र चीनबाट नेपालले लाभ लिन सक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । भारत र चीन २ ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने नेपालले स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको समेत बताएका छन् ।  दुई मुलुकबीच घनिष्ट सहकार्य रहँदै आएको र नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै बढ्वा दिँदै जानुपर्ने आवश्यक्ता पनि औंल्याए ।

उक्त कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको समृद्धिका लागि भारतसँगको सहकार्यलाई अझै जोड दिइएको बताएका थिए । उनले दुई मुलुकबीच पर्यटन र व्यापार क्षेत्रमा उल्लेख्य वृद्धि गर्न नेपालले चाहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालको समृद्धिका लागि भारत सरकार, त्यहाँका व्यापारीहरु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।

राजदूत पुरीले नेपाल–भारतबीच जनस्तरको सम्बन्ध र‍हँदै आएको र त्यसलाई थप सुदृढ बनाउन भारत सरकार तयार रहेको समेत बताए ।