प्रचण्डको लाजमर्दो राजनीति : कमल थापा
खबर एक्सप्रेस
२०७७-१२-०९ ०२:५६ मा प्रकाशित
Total Shares: 406
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लाजमर्दो राजनीति गरेको आरोप लगाएका छन् । अध्यक्ष थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेखेर सो आरोप लगाएका हुन् ।
उनले लेखेका छन्, ‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्ड जीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ, यस्तो गम्भीर आरोप लगाउने तर, सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।
फेसबुक पेज Like गर्नुहोस