काठमाडौं सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ ।  बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ ।

नेपाल राष्टबैंकले बैंकहरूलाई यो विषयमा परिपत्रसमेत गरेको छ । केन्द्रीय बैंकले बिहीवार निर्देशन जारी गर्दै सुन निक्षेप योजना शुरू गरेको हो ।
सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ ।  बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ ।

योजनामा सामेल हुन अर्थात सुन निक्षेप गरी ब्याज प्राप्त गर्न भने २५ ग्राम सुन जम्मा गर्नुपर्ने हुन्छ ।  साढे दुई तोलाभन्दा बढी सुन जम्मा गरेपछि मात्रै बैंकहरूले ब्याज दिनेछन् ।

यसका लागि सुनको शुद्धता कम्तिमा ९ सय ९५ फिटनेस हुनुपर्छ ।
 राजधानी दैनिकबाट